बाँकेमा बुधवार ९ जनामा कोभिड पुष्टि

सदरलाइन संवाददाता ११ फाल्गुन २०७८, बुधबार १३:२२
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६५ जनाको नमुना जाँच गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ७ र मेडिकल कलेज कोहलपुरमा २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये बाँकेका ४ जना छन् ।


योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९२३ पुगेको छ । यस्तै थप २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५४६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको निधन

११ फाल्गुन २०७८, बुधबार १३:२२
नेपालगञ्ज : वरिष्ठ लोकगायक तथा कलाकार जयनन्द लामाको आफ्नै कारमा अल्झिएर लड्दा निधन भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले खुलेको छ। भक्तपुरको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीको सचेत मार्गस्थित आफ्नै घर अगाडि कलाकार लामा बुधबार बिहान मृत फेला परेका थिए। प्रहरीका अनुसार ६६ वर्षिय लामा आफ्नै गाडीमा अल्झिएर लड्दा मृत्यु भएको हो। प्रहरीका अनुसार कलाकार […]

सम्बन्धित