२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा आइतवार १९ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा १९ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १२ र एन्टिजेन परीक्षणबाट ७ गरी १९ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा ६, कोहलपुर मेडिकल कलेजमा २ जना र बागेश्वरी ल्यावमा ४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यी तीन अस्पतालमा ५२ जनाको नमुना जाँच भएको थियो ।

यस्तै भारतबाट फर्किने ३१३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका ७ जना छन् ।

योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ८८१ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ४४४ पुगेको छ ।

प्रकाशित मिति : २०७८ फागुन १ गते आइतबार
ताजा समाचार