अमेरिकाले पोल्यान्डमा थप तीन हजार सैनिक पठाउने

सदरलाइन संवाददाता २९ माघ २०७८, शनिबार १४:४५
 

काठमाण्डौ : अमेरिकाले पोल्यान्डमा थप तीन हजार सैनिक पठाउने भएको छ । रुसले युक्रेनमा जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले थप सुरक्षा बल खटाउन लागेको हो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्यान्डमा थप तीन हजार सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको समाचार संस्था एएनआईले जनाएको छ । उनीहरु अबका दुई दिनमा फोर्ट ब्रागबाट प्रस्थान गर्नेछन् र अर्को हप्ताको सुरुमा खटाइएको ठाउँमा पुग्नेछन् ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी कदम सुरक्षा मामिलामा पहिलेभन्दा थप उग्र भएको टिप्पणी गर्नुभएको छ। साथै उहाँले पश्चिमा देशले गलत सूचना फैलाएको आरोप पनि लगाउनुभएको छ । अमेरिकाले यसअघि आफ्ना नागरिकलाई युक्रेन छाड्न अनुरोध गरिसकेको छ ।


बेलायत, क्यानडा, नेदरल्यान्ड्स, जापान र दक्षिण कोरियाले पनि आफ्ना नागरिकलाई युक्रेन छाड्न आग्रह गरेका बीबीसीले उल्लेख गरेको छ । रुसले उत्तर एटलान्टिक सन्धि सङ्गठन, नेटोमा युक्रेन सामेल हुन नपाउने विषय सुनिश्चित गर्न माग गर्दै आएको छ ।

विश्वका दुई शाक्ति राष्ट्र रुस र अमेरिका बीच लामो समयदेखि शीतयुद्ध रहेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच छिट्टै फोन वार्ता हुनसक्ने पनि खबरमा उल्लेख छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियामा ट्रयाक्टर पल्टिँदा १ जनाको मृत्यु, १७ घाइते

२९ माघ २०७८, शनिबार १४:४५
नेपालगञ्ज : बर्दियाको बाँसगढीमा दुलही छोडेर फर्कदै गरेको ट्रयाक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाईते भएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका ७ बाट बाँसगढी ४ बठुवा गाँउमा दुलही फर्काउन आएको भे २ त १३१६ नम्बरको ट्रयाक्टर शनिवार दिउँसो १२ बजे तिर बाँसगढी, मगरपुर, वेलौली र बठुवा […]

सम्बन्धित