बाँकेमा आइतबार २६ जना कोरोना संक्रमित थपिए

सदरलाइन संवाददाता २३ माघ २०७८, आईतवार १८:४५
 

नेपालगञ्ज : बाँकेमा आइतबार ५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने २६ जना कोरोना संक्रमित थपिएका छन् ।


जिल्लाका २ वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको र एन्टिजेन परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

हाल भेरी अस्पतालमा ३७ जना उपचाररत छन् । ती मध्ये ३४ जना मध्यम, २ जना सिकिस्त र १ जना भेन्टिलेटरमा रहेको अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १० वर्षपछि पक्राउ

२३ माघ २०७८, आईतवार १८:४५
नेपालगञ्ज : अपहरण तथा कर्तव्य ज्यान मुद्दाका फरार एक जनालाई १० वर्षपछि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका–१० भृकुटीनगर बस्ने ३० वर्षीय सौभाग्य मल्ल छन् । मल्लले नेपालगंज १ पारिजात मार्ग बस्ने २१ वर्षीय हिमाल बुढालाई २०६७ माघ ३ गते अपहरणपछि हत्या गरेर फरार भएका थिए । गोरखामा […]