२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेमा कोरोना संक्रमण दर घट्यो



नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा २६ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।

पीसीआर र एन्टिजेन परीक्षणमा १३–१३ जनागरी २६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा ६ र कोहलपुर मेडिकल कलेजमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । यी दुई अस्पतालमा ३१ जनाको नमुना जाँच भएको थियो ।

यस्तै भारतबाट फर्किने ३२३ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १३ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये जिल्लाका ६ जनामात्रै छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ७९९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ५० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार २४६ पुगेको छ ।

भेरी अस्पतालमा उपचार गराइरहेकामध्ये दुई जना सिकिस्त विरामी छन भने एक जनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ । ३४ जना विरामी भने मध्यम खाले भएको फोकलपर्सन वलीले बताए ।

प्रकाशित मिति : २०७८ माघ २३ गते आइतबार
ताजा समाचार