बाँकेमा १२६ जना कोरोना संक्रमित थपिए

सदरलाइन संवाददाता १२ माघ २०७८, बुधबार १६:२१
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप १ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १ सय ९४ नमुना परीक्षण भएकोमा १ सय २६ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा एक सय १४ जनाको नमुना जाँच गर्दा ६८, मेडिकल कलेज कोहलपुरमा ५८ जनाको नमुना जाँच गर्दा ४६ र बागेश्वरी ल्यावमा २२ नमुना जाँच गर्दा १२ जनामा भाइरस संक्रमण पुष्टि भएको केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका ८६ जना छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या आठ सय ७८ जना छन् । भेरी अस्पतालमा मात्रै ३२ जनाको उपचार भइरहेको फोकल पर्सन वलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज भन्सारमा बिद्युतीय भुक्तानी प्रणाली लागु

१२ माघ २०७८, बुधबार १६:२१
नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले बुधवारदेखि बिद्युतीय भुक्तानी प्रणाली अर्थात इपेमेन्ट सिस्टम लागु गरेको छ । भन्सारमा हुने सबै झन्झट हटाएर भन्सारलाई ‘क्यासलेस’ र ‘पेपरलेस’ बनाउने उद्देश्यले इपेमेन्ट सिस्टम लागु गरिएको प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए । अब सेवाग्राहीले भन्सार कार्यालयमा नगद तथा चेक बोकेर जानु पर्दैन् । उनीहरुले […]