नेपालगञ्ज : कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएपछि बाँकेको नरैनापुर गाउँपालिका आजदेखि बन्द भएको छ । गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि माघ ८ गतेसम्म गाउँपालिका बन्द गरिएको अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।
संक्रमित भएका सबै कर्मचारीहरु होमआइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनको भनाइ छ ।
प्रशासनिक काम बन्द भएपनि स्वास्थ्य सेवा भने नियमित रहेको छ । पछिल्लो दुई सातादेखि बाँकेमा कोरोना भाइरस संक्रमण तीब्रगतिमा बढ्दै गएको छ ।