‘काँग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेट्ने’

सदरलाइन संवाददाता २३ पुष २०७८, शुक्रबार १४:१०
 

नेपालगञ्ज : नेपाली काँगे्रस लुम्बिनीका सभापति अमरसिंह पुनले लुम्बिनी काँग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताएका छन् । नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली कांग्रेसका सबै साथीहरुको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मुल्यांकन गरिने बताए ।

नेपाल प्रेस युनियन बाँकेले शुक्रवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै पुनले लुम्बिनी कांग्रेसको आगामी योजनाका विषयमा बताएका हुन् ।


उनले प्रदेशको चारवर्षे योजनाका विषयमा पनि छलफल भई रहेको बताउए । पुनले देशव्यापीरुपमा चलिरहेको अधिवेशनलाई मध्यनजर गर्दै नेपाली कांग्रेसले लोकतान्त्रिक पद्धतिबाट अधिवेशन गरेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालमा २४ जनामा ‘ओमिक्रोन’ भेरिएन्ट पुष्टि

२३ पुष २०७८, शुक्रबार १४:१०
नेपालगञ्ज : नेपालका धेरै स्थानमा ओमिक्रोन भेरियन्ट फैलिएको पत्ता लागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको जिन सिक्वेन्सिङका क्रममा पुस महिनामा मात्र २४ जनामा कोरोना भाइरसको नयाँ संक्रमण ‘ओमिक्रोन’ फेला परेको छ । ‘पुस महिनामा संकलित जम्मा ११४६ पोजिटिभ नमूनाहरुको एस जीन स्क्रिनिंग गर्दा २५० वटा नमुनाहरु (२२ प्रतिशत) […]