नेपालगञ्ज : शनिवार नेपाली टोपी दिवस’ मनाईंदैछ । नेपाली टोपीको प्रवर्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वस्फूर्तरुपमा अँग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको छ ।
जङ्गबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् ।
विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।