बाँकेमा मंगलवार ३ जनामा कोरोना देखियो

सदरलाइन संवाददाता १३ पुष २०७८, मंगलवार १३:४३
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ३८ नमुना परीक्षण गर्दा थप तीन जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा ८ नमुना जाँच्दा दुई र मेडिकल कलेज कोहलपुरमा १८ नमुना जाँच्दा एक जनामा कोरोना देखिएको हो । बागेश्वरी ल्यावमा १२ जनाको नमुना जाँच्दा कसैलाई पनि कोरोना देखिएन् ।


संक्रमण पुष्टि भएकामध्ये बाँकेका दुई जना रहेका छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार चार सय ९८ पुगेको छ ।

यस्तै दुई जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १८ हजार एक सय ४४ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा काँग्रेस र एमालेलाई अधिवेशनको चटारो

१३ पुष २०७८, मंगलवार १३:४३
नेपालगञ्ज : बाँकेमा दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेको जिल्ला अधिवेशनको चटारो शुरु भएको छ । एकहप्ता बीचको अन्तरमा काँग्रेस र एमालेको जिल्ला अधिवेशन हुँदैछन् । नेकपा एमालेको यही पुष २३ गते र नेपाली काँग्रेसको २७ गते अधिवेशन हुन लागेको हो । यो अधिवेशनबाट नेतृत्व समेत छानिने भएपछि […]