नेपालगञ्ज : बाँकेमा बिहीवार १ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ५० नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै भेरी अस्पतालमा ८ र बागेश्वरी ल्याबमा ६ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमण पुष्टि भएका जिल्ला बाहिरका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९५ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ३५ पुगेको छ ।