बाँकेमा २ संक्रमित थपिए, २ डिस्चार्ज

सदरलाइन संवाददाता ५ पुष २०७८, सोमबार १३:३९
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ४८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १८ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै मेडिकल कलेज कोहलपुरमा २२ र बागेश्वरी ल्याबमा ८ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएका १ जना बाँकेका र १ जना बर्दियाका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९१ पुगेको छ । यस्तै २ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय २७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा साढे १९ हजारले खोपको दोश्रो मात्रा लगाएनन्

५ पुष २०७८, सोमबार १३:३९
नेपालगञ्ज : नेपालगञ्जमा वीचमै कोरोना विरुद्धको खोप लगाउन छाड्ने गरेको पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै १९ हजार ५ सय ७४ जनाले खोपको दोस्रो मात्रा लगाउन नआएको पाइएको हो । पहिलोमात्रा खोप लगाएपछि दोस्रोमात्रा लगाउन निश्चित् समय तोकिएको हुन्छ । तर त्योसमय अवधिमा उनीहरु खोपको मात्रा पूरा गर्न नआएको नेपालगञ्ज […]