बाँकेमा दुईजनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १९ मंसिर २०७८, आईतवार १५:३४
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ४३ जनाको नमुना जाँच गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

कोहलपुर मेडिकल कलेजमा २२ जनाको नमुना परीक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ । बागेश्वरी ल्यावमा २१ जनाको नमुना जाँच्दा कसैलाई कोरोना देखिएन् ।


संक्रमण पुष्टि भएकामध्ये १ जना बाँकेका छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार ४ सय ६५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पार्टीको नेतृत्व दोश्रो पुस्तामा आएको छ : मेयर राणा

१९ मंसिर २०७८, आईतवार १५:३४
नेपालगञ्ज : राप्रपाको महामन्त्रीमा निर्वाचित नेपालगञ्जका मेयर डा धवल शम्शेर राणाले पार्टीको नेतृत्व दोस्रो पुस्तामा आएको भन्दै पार्टी र देश दुवैको लागि नयाँ शुरुवात भएको बताएका छन् । निर्वाचित भएपछि आइतवार काठमाण्डौमा पत्रकारहरुसँग सक्षिप्त प्रतिक्रिया दिँदै उनले पार्टीका एजेन्डालाई हासिल गर्ने गरी अघि बढने बताए । उनले हिन्दु राष्ट्र, राजासहितको […]