कोरोनाबाट भेरी अस्पतालमा एकजनाको मृत्यु

सदरलाइन संवाददाता १६ मंसिर २०७८, बिहीबार १२:३९
 

नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ ।

नेपालगञ्ज स्थित भेरी अस्पतालमा उपचारका क्रममा बढैयाताल गाउँपालिका–७ बर्दियाका ९० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।


यही मंसीर ८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उहाँलाई सोही दिन थप उपचारका लागि भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको बिहीवार बिहान साढे ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणपछि उपचारका लागि अन्यत्र जिल्लाबाट आएका ४३४ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्राउन सुगरसहित बर्दियामा तीन जना पक्राउ

१६ मंसिर २०७८, बिहीबार १२:३९
बर्दिया : बर्दियामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाले मधुवन नगरपालिका–५ बाट एक भारतीय तथा बढै्याताल गाउँपालिका–७ बाट २ जना नेपालीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीका अनुसार पक्राउ पर्नेमा भारत बहराईचका २२ का रोहित कुमार […]

सम्बन्धित