बाँकेमा कोरोनाका पाँच संक्रमित थपिए

सदरलाइन संवाददाता १३ मंसिर २०७८, सोमबार १३:१५
 

नेपालगञ्ज : बाँकेमा सोमवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ६२ नमुना परीक्षण गर्दा थप ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३६ नमुना परीक्षण गर्दा २ र मेडिकल कलेज कोहलपुरमा १८ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।


बागेश्वरी ल्यावमा ८ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना रहेका छन् । योसँगै कूल संक्रमितको संख्या १८ हजार ४ सय ६० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम

१३ मंसिर २०७८, सोमबार १३:१५
नेपालगञ्ज : नेपालगञ्जका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी दिवा खाजा कार्यक्रम शुरु गरिएको छ । कोरोना महामारीका कारण विद्यालय बन्द हुँदा रोकिएको खाजा कार्यक्रम नेपालगञ्जका विद्यालयले पुनः शुरु गरेका हुन् । दिवा खाजा कार्यक्रम शुरु भएपछि विद्यार्थीहरुको उपस्थिति बढ्ने र विचमै कक्षा छाड्ने प्रवृत्तीमा कमी आउने अपेक्षा रहेको जय […]