२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा आइतवार ३ संक्रमित थपिए



नेपालगञ्ज : बाँकेमा आइतवार थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका दुई वटा प्रयोगशालामा ५९ नमुना परीक्षण गर्दा ३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा १४ नमुना परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा ४५ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ५३ पुगेको छ ।

यस्तै आइतवार २ जना डिस्चार्ज भएका छन् । योसँगै जिल्लामा डिस्चार्ज हुनेको संख्या १८ हजार ९३ पुगेको छ ।

प्रकाशित मिति : २०७८ मंसिर ५ गते आइतबार
ताजा समाचार