नेपालगञ्ज : नेपालगञ्जमा मंगलवार आपातकालिन रक्तदान कार्यक्रमको गरिएको छ ।
रगत चरम अभाव भएपछि रक्तसंचार केन्द्रको आव्हानमा लाइन्स क्लव अफ नेपालगञ्ज बजार र डोनर ग्रुप नेपालगञ्जले आपत्तकालिन रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । ५५ जनाले गरेको रक्तदानमा पहिलो पटक रगत दान गर्नेदेखि ८८ पटक रक्तदान गर्नेसमेत सहभागी थिए ।
रक्तदानको सहकार्य भने बाँकेका क्षेत्रका समस्त लियो क्लव, रक्तसंचार केन्द्र र कशौधन बैश्य समाज नेपालगञ्ज र नेपालगञ्ज ग्यालरीले गरेका थिए भने सहयोग न्यू नेपाल अटो पार्टस्ले गरेको बताइएको छ ।
दशैं तिहारपछि बाँकेमा नियमित रक्तदान गर्नेको संख्या घटेको र बिरामीको संख्या बढेका कारण अहिले केन्द्रमा रगतको चरम अभाव भएको प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए ।
केन्द्रबाट सोमवारमात्रै ५८ पिन्ट रगत पूर्ति भएको थियो । रक्तदान गर्ने भन्दा रगत लिनु पर्नेको संख्या धेरै भएपछि केन्द्रमा रगत अभाव चर्किएको छ ।