२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

कोरोनाबाट बाँकेमा ४५ वर्षीया महिलाको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणबाट शनिवार थप एकजनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१० दाङका ४५ वर्षीया महिलाको मृत्यु भएको हो ।

ती महिलाको भेरी अस्पतालमा उपचारका क्रममा विहान १० बजे मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ ।

उनलाई कात्तिक १७ गते कोभिड पुष्टि भएको थियो । योसँगै उपचारका लागि बाँके आएका बाहिरी जिल्लाका ४२९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक २७ गते शनिबार
ताजा समाचार