प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान

सदरलाइन संवाददाता २४ कार्तिक २०७८, बुधबार १३:४४
 

काठमाण्डौ : नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले बुधबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा शर्मालाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाली सेनाको नेतृत्व सम्हालेयता पहिलो विदेश भ्रमण गएका शर्माले भारतीय सेनाध्यक्षको सम्मान पाएका हुन् । सन् १९५० देखि नेपाल भारतबीच एकाआर्का सेनाको मानार्थ सेनापतिको दर्जा प्रदान गर्ने चलन रहेको छ ।


मंगलबार दिल्ली पुगेका शर्माले भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतका साथै भारतका केही राजनीतिज्ञसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मंगलबार साँझ भने उनले भारतीय समकक्षी मनोज मुकुन्द नरवणेसँग भेटवार्ता गरेका थिए ।

भारतीय सेनाका स्थल सेनाध्यक्ष नरवणेलाई भने २१ कात्तिक २०७७ मा नेपाली सेनाको मानार्थ महारथीको सम्मान प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज म्याराथनमा विश्व साइकल यात्री पुष्कर शाहले स्कटिङ गर्ने

२४ कार्तिक २०७८, बुधबार १३:४४
नेपालगञ्ज : आगामी मंसिर ४ गते नेपालगञ्जमा आयोजना गरिने नेपालगञ्ज म्याराथनको अगुवाको विश्व साइकल यात्री पुष्कर शाहले साइकलबाट स्कटिङ गर्ने भएका छन् । नेपालगञ्ज म्याराथनको चौथो संस्करणदेखि नेपालगञ्ज साइक्लिङ क्लवले स्कटिङ गर्दै आएको थियो । आयोजक क्रियटिभ ह्याण्डस्ले पर्यावरणतर्फ ध्यान दिदै म्याराथनको धावकको साइकलबाट स्कटिङ गराउदै आएकोमा यसवर्षको ईभेन्टसमा विश्व […]