बाँकेमा शनिवार ७ जनामा कोरोना पुष्टि

सदरलाइन संवाददाता १३ कार्तिक २०७८, शनिबार १४:५०
 

नेपालगञ्ज : बाँकेमा शनिवार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ८५ नमुना परीक्षण गर्दा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ३० नमुना परीक्षण गर्दा ३, मेडिकल कलेज कोहलपुरमा २५ नमुना परीक्षण गर्दा ३ र बागेश्वरी ल्यावमा ३० नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

शनिवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् । योसँगै बाँकेमा संक्रमितको कुल संख्या १८ हजार ३ सय ९४ पुगेको छ ।


यस्तै शनिवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १६ पुगेको छ ।

अस्पतालमा ४ जना भेन्टिलेटरमा छन् भने ६ जना सिकिस्त र ८ जना मध्यम विरामी रहेको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चक्कु प्रहार गरी हत्या गरेको आरोपमा पक्राउ

१३ कार्तिक २०७८, शनिबार १४:५०
कैलाली : कैलालीमा धारीलो हतियार (चक्कु) प्रहार गरी एक जनाको हत्या भएको छ । टिकापुर नगरपालीका वडा नं. ८ कालीमाटी शुक्रबार राती साढे १० बजे दुई युवकबीच वादविवाद हुँदा चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट टिकापुर नगरपालीका वडा नं.८ कालीमाटी बस्ने १८ वर्षीय अनुप साउदको मृत्यु भएको प्रहरीले जनाएको […]