२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा १९ संक्रमित थपिए, ४ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा मंगलवार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४८ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा १२८ नमुना परीक्षण गर्दा १९ जना संक्रमित थपिएका हुन् । बागेश्वरी ल्यावमा २० नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको थियो ।

मंगलवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका १४ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३८६ पुगेको छ ।

यस्तै मंगलवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९९७ पुगेको छ ।

प्रकाशित मिति : २०७८ कात्तिक ९ गते मंगलबार
ताजा समाचार