बाँकेमा मंगलवार थपिए ९ जना कोरोना संक्रमित

सदरलाइन संवाददाता २ कार्तिक २०७८, मंगलवार १३:१६
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८१ नमुना परीक्षण गर्दा ९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल नेपालगञ्जमा ३६ नमुना परीक्षण गर्दा ४, मेडिकल कलेज कोहलपुरमा २३ नमुना परीक्षण गर्दा ४ जना र बागेश्वरी ल्यावमा २२ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ ।


मंगलवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ५ जना छन् । योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३५१ पुगेको छ ।

यस्तै मंगलवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९५३ पुगेको छ । अस्पतालमा उपचाररतमध्ये ४ जना भेन्टिलेटरमा छन् । ५ जना सिकिस्त बिरामी छन भने २२ जना मध्यम खाले बिरामी रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैंको अन्तिम दिन, आज कोजाग्रत पूर्णिमा

२ कार्तिक २०७८, मंगलवार १३:१६
नेपालगञ्ज : हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड बडादसैँ धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित मंगलवार राति जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन लागेको हो । शास्त्रअनुसार गर्नुपर्ने […]