२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा बिहीवार दुई जनामा मात्र कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा बिहीवार थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ नमुना परीक्षण गर्दा २ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ११ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा र बागेश्वरी ल्याबामा आज परीक्षण गरिएको छैन । संक्रमण पुष्टि भएका दुबै जना बाँकेका हुन् ।

योसंगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ३२९ पुगेको छ । यस्तै बिहीवार थप १० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ९२२ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असोज २८ गते बिहीबार
ताजा समाचार