चितवनले जित्यो ईपीएलको उपाधि

सदरलाइन संवाददाता २३ आश्विन २०७८, शनिबार १६:१२
 

काठमाण्डौ : चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । टियु क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले हराउँदै चितवनले उपाधि जितेको हो ।

चितवनले पहिलो पटक ईपीएलको उपाधि जितेको हो । उपाधिसँगै चितवनले ५० लाख प्राप्त गरेको छ । उपविजेता बनेको पोखराले १५ लाखमा चित्त बुझाएको छ ।

पोखराले दिएको १ सय १२ रनको लक्ष्य चितवनले १५ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । चितवनको जितमा भिम सार्कीले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४५ बलमा ७ चौका र २ छक्का प्रहार गरे । यस्तै दिलिप नाथले १८ रन जोड्दा राजेश पुलामीले १४ रन बनाए ।

मोहमद साहजदले ११ रन जोड्दा कप्तान सोमपाल कामी ४ रनमा अविजित रहदा सेकुग्गे प्रसन्न १ रनमा अविजित रहे । पोखराका किशोर महतोले ४ विकेट लिए । नन्दन यादवले २ विकेट लिए ।


यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७ ओभर ५ बलमा अलआउट हुँदै १ सय ११ रन बनाएको थियो । पोखराका लागि असेला गुनारत्नेले सर्वाधिक ३४ रन बनाए । रिचार्ड लेभीले २६ रन जोड्दा विपिन रावलले १७ रन बनाए ।

कप्तान विनोद भण्डारीले २२ रन बनाए । किशोर महतो १ रनमा अविजित रहे । विवेक यादव ४, रित गौतम २, सहन अर्चाचिगे २ बिक्रम सोब १ रनमा आउट हुँदा लोकेश बम र नन्दन यादव खाता नखोली पेभेलियन फर्किए ।

पोखरालाई सस्तैमा रोक्न चितवनका कमल सिंह ऐरीले ४ विकेट लिए । उनले मात्र २० रन खर्चिए । यस्तै करिम जनत र सेकुग्गे प्रसन्नले २/२ विकेट लिए । सोमपाल कामी र सागर ढकालको नाममा १/१ विकेट रह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्तीसोनारीमा कारको ठक्करबाट बालिकाको मृत्यु

२३ आश्विन २०७८, शनिबार १६:१२
राप्तीसोनारी (बाँके) : पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत् बाँकेको राप्तीसोनारी गाउँपालिका १ लौकीमा कारको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीयले अवरुद्ध गरेको राजमार्ग करिब चार घण्टापछि खुलेको छ । कोहलपुरबाट गएको प्रहरी टोलीले सम्झाई बुझाइ गरेपछि बाटो खुलेको हो । करिव चार घण्टादेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारिएपछि पाँच सय बढी सवारीसाधन वीच […]