बाँकेको बैजनाथ साक्षर गाउँपालिका घोषणा

सदरलाइन संवाददाता २२ आश्विन २०७८, शुक्रबार १५:३३
 

बैजनाथ (बाँके) : बाँकेको बैजनाथ गाउँपालिकालाई शुक्रवार साक्षर गाउँपालिका घोषणा गरिएको छ । जनप्रतिनिधि, स्थानीय राजनीतिक दल, विद्यालयका प्रधानाध्यापक लगायतको उपस्थितिमा पालिकाका अध्यक्ष मानबहादुर रुचालले साक्षर पालिका घोषणा गरेका हुन् ।

बैजनाथ गाउँपालिकाको कुल जनसंख्या ५४ हजार ४ सय १८ रहेको छ । तीमध्ये ९७ प्रतिशतबढी नागरिक साक्षर भएसँगै शुक्रवार एक कार्यक्रमका बीच साक्षर घोषणा गरिएको हो ।


अन्य निरक्षरलाई पनि साक्षर गराउनेगरी कार्यक्रम संचालन गरिने पालिका अध्यक्ष रुचालले बताए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, शिक्षा समन्वय इकाइका प्रमुख रामसुरेस यादवलगायतले आआफ्नो धारणा व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शुक्रवार २३ जनामा कोरोना पुष्टि

२२ आश्विन २०७८, शुक्रबार १५:३३
नेपालगञ्ज : बाँकेमा शुक्रवार थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९६ नमुना परीक्षण गर्दा थप २३ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएका मध्ये २ र ७ वर्षकी दुई बालिका पनि छन् । भेरी अस्पतालमा ५४ नमुना परीक्षण गर्दा १५ र मेडिकल कलेज […]