२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा बुधवार ६ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा बुधवार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा थप ६ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालमा ६१ नमुना परीक्षण गर्दा सबै रिपोर्ट नेगेटिभ आएको छ । बुधवार संक्रमण पुष्टि भएकामध्ये बाँकेका ३ जना छन् ।

योसँगै जिल्लामा कुल संक्रमितको संख्या १८ हजार २ सय १३ पुगेको छ । यस्तै बुधवार थप ८ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ८ सय ३ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असोज १३ गते बुधबार
ताजा समाचार