२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा शनिवार ८ जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरीमा ३० नमुना परीक्षण गर्दा ७ र बागेश्वरी प्रयोगशालामा १४ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । मेडिकल कलेज कोहलपुरमा २९ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।

संक्रमण पुष्टि भएका मध्ये बाँकेका ४ जना छन् । बाँके बाहिरी जिल्लाका रहेका छन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार १ सय ३५ पुगेको छ ।

यस्तै शनिवार थप ११ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय ४६ पुगेको छ ।

प्रकाशित मिति : २०७८ असोज २ गते शनिबार
ताजा समाचार