नेपालगञ्जमा लाइफ लाइन जनरल हस्पिटल खुल्यो

सदरलाइन संवाददाता २ आश्विन २०७८, शनिबार १५:२८
 

नेपालगञ्ज : नेपालगञ्जमा लाइफ लाइन जनरल हस्पिटल प्रालि सञ्चालनमा ल्याइएको छ । सदरलाइनस्थित हस्पिटलको शनिवार नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणा, डा गोपाल श्रेष्ठले शुभारम्भ गरे ।

शुभारम्भसँगै नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा हरेक शनिवार निःशुल्क जाँच तथा परामर्श सेवा समेत शुरु गरिएको छ । सर्व साधारणका लागि विहान १० वजेदेखि १ वजेसम्म सो सेवा शुरु गरिएको हो ।


फिजिशीयन डा पारश श्रेष्ठ, डा कृष्टिन श्रेष्ठ, डेन्टल प्रतिक श्रेष्ठ लगायतका डाक्टरद्धारा फिजिशीयन, दन्त रोग, बाल रोग, छाला तथा सौन्दर्य, स्त्री रोग, नाक कान घाँटी लगायत रोगको जाँच उपचार सेवा प्रदान गरिने बताइएको छ ।

कार्यक्रममा मेयर राणाले उपमहानगरपालिकाको सहकार्यमा निजी अस्पतालले समेत सामाजिक उत्तरदायित्व वहन गर्नु सुखद भएको बताए । कार्यक्रममा भेरी अस्पतालका मेसु डा प्रकाश थापा, नेपाल रेडक्रसका केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा लगायतले शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शनिवार ८ जनामा कोरोना पुष्टि

२ आश्विन २०७८, शनिबार १५:२८
नेपालगञ्ज : बाँकेमा शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ७३ नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरीमा ३० नमुना परीक्षण गर्दा ७ र बागेश्वरी प्रयोगशालामा १४ नमुना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको छ । मेडिकल […]

सम्बन्धित