नेपालगञ्ज : कसौधन वैश्य समाजले नेपालगञ्जको अनियमित बिद्युत समस्या सुल्झाउन माग गर्दै नेपाल विद्युत प्राधिकरणलाई ज्ञापनपत्र बुझाएको छ ।
समाजका अध्यक्ष नन्दलाल बैश्य र महासचिव सन्तनारायण वैश्यले संयुक्तरुपमा प्राधिकरण नेपालगञ्ज शाखाका प्रमुख लखनलला मल्लिकलाई ज्ञापनपत्र बुझाएको हो ।
अनियमित विद्युतका कारण नगरबासीले गर्मीमा सास्ती खेप्नु परेको भन्दै तत्काल समस्या समाधानको आग्रह गरिएको अध्यक्ष वैश्यले बताए ।
मौसमी आद्रता र तापक्रमलाई मध्यनजर गर्दै अनियमित विद्युत कटौतीको समस्या समाधान गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाइएको पनि अध्यक्ष वैश्यले बताए ।