२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

कोरोनाबाट भेरी अस्पतालमा दुई जनाको मृत्यु



नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्जमा उपचाररत घोराही उपमहानगरपालिका वडा नम्बर ३ दाङकी ४० वर्षीया महिला र ठाकुरबाबा नगरपालिका १ बर्दियाका ४५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताए ।

योसंगै कोरोनाबाट हालसम्म बाँकेका ३ सय ३० र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ४ सय ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८ भदौ २९ गते मंगलबार
ताजा समाचार