बाँकेमा पनि मनाइयो विश्व प्राथमिक उपचार दिवस

सदरलाइन संवाददाता २६ भाद्र २०७८, शनिबार १४:५०
 

नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा विश्व प्राथमिक उपचार दिवस शनिवार मनाइएको छ ।

“विद्यालय तथा समुदायमा प्राथमिक उपचारको नयाक बन्नुहोस” भन्ने मुल नाराका साथ शनिवार विश्वभरी दिवस मनाइएको छ । हरेक वर्ष सेप्टम्बरको दोश्रो शनिवारका दिन यो दिवस मनाउने गरेको हो ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय प्राथमिक उपचार महाशाखाद्वारा नेपाल भरी रहेका प्राथमिक उपचार प्रशिक्षकहरुलाई अनलाइन मार्फत अद्यावधिक पाठ्यक्रमको बारेमा जानकारी दिएको छ । सोही क्रममा नेरेसो बाँके शाखाले भरचुल माध्यमबाट मनोवैज्ञनिक प्राथमिक उपचारको विषयबस्तुमा अनलाइनबाट जानकारी र अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाएको हो ।


सो क्रममा नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले प्राथमिक उपचार यस्तो सीप हो जुन मानिसको जीवन बचाउनका लागि मदत गर्दछ त्यसैले हरेक समुदाय, शैक्षिक संस्था र व्यक्तिहरुले आ आफ्नो घरमा अनिवार्य रुपमा प्राथमिक उपचारका किट बाकस राख्नु पर्ने कुरामा जोड दिए ।

अनलाइन प्रविधिबाट सञ्चालन गरिएको दिवसका अवसरमा नेरेसोका प्राथमिक उपचार प्रशिक्षक, स्वयंसेवक र बाँके शाखा व्यवस्थापनको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हामी हाम्रो देशको शैन्य गठबन्धन अरुको सुरक्षा घेरामा सुम्पिन चाहँदैनौ : नेपाल

२६ भाद्र २०७८, शनिबार १४:५०
नेपालगञ्ज : युवा संघ नेपाल लुम्बिनी प्रदेशको प्रदेश भेला तथा पिपुल्स भोलिन्टर्स घोषणा कार्यक्रम नेपालगञ्जमा सम्पन्न भएको छ । नेकपा एकीकृत समाजबादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले कार्यक्रम सम्बोधन गर्दै हामी नेपालको स्वाभिमानमा आँच पुग्ने कुनै पनि काम गर्न नचाहेको बताए । एमसिसि परियोजनाबारे कुराकानी गर्दै नेपालले भने, […]