नेपालगञ्ज : प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त (चाचाजी)को भदौं २७ गते जन्मजयन्ती मनाइने भएको छ । प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त प्रतिष्ठानद्धारा गुप्तको ९३ औं जन्मजयन्ती मनाउन लागिएको हो ।
प्रेस स्वतन्त्रता सेनानी स्व. पन्नालाल गुप्त प्रतिष्ठानको शुक्रबार बसेको वैठकले जन्मजयन्तीमा श्रदाञ्जली सभासहितको कार्यक्रम गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष एवं वरिष्ठ पत्रकार गुप्तको ०७६ माघ १५ गते निधन भएको थियो ।
आइतबार दिउँसो डीएसपी रोडस्थित म्याजेष्टिक पार्टी प्यालेसमा गरिने कार्यक्रममा स्व.गुप्तको योगदान र व्यक्तित्व चर्चासहित श्रदाञ्जली अर्पण गरिने छ ।
यस्तै जन्मजयन्तीकै पुर्व सन्धयामा प्रतिष्ठानका तर्फबाट शनिवार निलसागर आश्रममा खाना पनि खुवाइँदैछ । जन्मजयन्ती र समृती दिवस मनाउँदै आएको प्रतिष्ठानले स्व. गुप्तको सम्मानमा रानी तलाउ नजीक चौक नामाकरणसहित शालीक स्थापनाको समेत माग गर्दै आएको छ ।
यसअघि अवधी पत्रकार संघ, नेपाल पे्रस यूनियनलगायत पत्रकारका संघ संगठनले पनि पन्नालाल चौक स्थापनाको माग गर्दै आएका छन् । यस अघि उनलाई नेपालगञ्जमा नागरिक अभिन्दनसमेत गरिएको थियो ।