२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा सोमवार २१ संक्रमित थपिए, ५ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा सोमवार थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा १५७ नमुना परीक्षण गर्दा थप २१ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये ४ जना बालबालिका छन् ।

भेरीमा १९, कोहलपुर मेडिकल कलेजमा र बागेश्वरी प्रयोगशालामा ११ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रले जनाएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका ११ जना छन् ।

तीमध्ये कोहलपुर नगरपालिकाका ८ र नेपालगञ्ज उपमहानगरपालिकाका ३ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १८ हजार ५९ पुगेको छ ।

यस्तै सोमवार थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ६ सय ५१ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १०७ रहेको छ ।

यस्तै सिकिस्त बिरामीको संख्या १६ रहेको छ भने ४ जना भेन्टिलेटरमा छन् । २९ जना बिरामी भने मध्यम खाले भएको बताइएको छ ।

प्रकाशित मिति : २०७८ भदौ २१ गते सोमबार
ताजा समाचार