बाँकेमा आइतवार ४ संक्रमित थपिए, १६ डिस्चार्ज

सदरलाइन संवाददाता १३ भाद्र २०७८, आईतवार १६:१३
 

नेपालगञ्ज : बाँकेमा आइतवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा ६७ नमुना परीक्षण गर्दा ४ जनामा मात्रै संक्रमण पुष्टि भएको हो ।

कोहलपुर मेडिकल कलेजमा २ र भेरी र बागेश्वरी १–१ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । तिमध्ये बाँकेका एकजना मात्रै छन् ।


ती कोहलपुर नगरपालिका–३ की २१ वर्षीया युवती हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ९ सय ८८ पुगेको छ । यस्तै आइतवार १६ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार ५ सय ५६ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १ सय १९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेमा एक महिलाको मृत्यु

१३ भाद्र २०७८, आईतवार १६:१३
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–११ की ६० वर्षीया महिलाको उपचारका क्रममा भेरीमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उनलाई १० गते भेरीमा भर्ना गरिएको थियो । त्यसको भोलिपल्ट कोभिड पुष्टि भएको थियो । उनको उपचारका क्रममा आइतवार दिउँसो पौने एक […]