कोभिड–१९ रोकथामका लागि र्यालीसहित मास्क वितरण

सदरलाइन संवाददाता ९ भाद्र २०७८, बुधबार १६:३९
 

नेपालगञ्ज : कोभिड–१९ रोकथामका लागि बर्दियाको बढैयाताल र मैनापोखरमा सचेतनामुलक र्यालीसहित मास्क वितरण गरिएको छ । बढैयाताल युवा संजाल र बास बढैयाताल उपशाखाको आयोजना करीब ४ हजार मास्क वितरण गरिएको हो ।

संजालका अध्यक्ष शम्भु थारुको अध्यक्षतामा बढैयाताल गाउँपालिका वडा नं. ४ मा कार्यक्रम गरिएको थियो भने बास उपशाखाकी अध्यक्ष संजीता चौधरीको अध्यक्षतामा मैनापोखरमा र्यालीसहित मास्क वितरण गरिएको छ ।


कार्यक्रममा बढैयाताल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले कोरोनाबाट बच्नका लागि मास्क लगाउनुनै उत्तम विकल्प भएको बताए । यस्तै बढैयाताल उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष प्रेमराज त्रिपाठीइले प्रत्येक टोलमा प्रभावकारीरुपमा मास्क वितरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बढैयाताल बडघर संजालका अध्यक्ष पर्शुराम थारु, वडा नं. ४ का अध्यक्ष कर्ण बहादुर थापा, बास बाँसगढी उपशाखा अध्यक्ष राजसिँह चौधरी, मैनापोखरका समाजसेवी लल्लु थारुलगायत बुद्धजीवि, समाजसेवीहरुको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यी हुन् लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने नेता र सांसद

९ भाद्र २०७८, बुधबार १६:३९
काठमाडौं  :  निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखत गर्न बोलाएको जसपाका नेता र सांसदमध्ये १७ जना कार्यकारिणी र १४ सांसदले हस्ताक्षर गरेका छन् । हस्तक्षार गर्नेहरुमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग […]