कोभिड संक्रमणबाट भेरी अस्पतालमा दुईजनाको मृत्यु

सदरलाइन संवाददाता ६ भाद्र २०७८, आईतवार १६:०५
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेमा थप दुईजनाको मृत्यु भएको छ । कोभिड संक्रमित बिरामीको उपचार भईरहेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा सिम्ता गाउँपालिका–३ सुर्खेतका ७१ वर्षीय पुरुष र तुलसीपुर उपमहानगरपालिका–६ दाङका ५५ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

सुर्खेतका पुरुषलाई भाद्र १ गते कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि सोही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार नआउँदा उनको शनिवार राती १२ः२० बजे मृत्यु भएको हो । त्यस्तै तुलसीपुरका पुरुष श्रावण २७ गते कोरोना संक्रमण देखिएपछि भोलीपल्ट श्रावण २८ गते भेरीको कोरोना वार्डमा भर्ना भएका थिए ।


उनको आइतवार बिहान ५ बजे मृत्यु भएको ओलीले जानकारी दिए । योसँगै हालसम्म कोरोना संक्रमणका कारण बाँकेकै ३२६ जना र अन्यत्र जिल्लाबाट उपचारका लागि बाँके आएका ३९३ जनाको मृत्यु भईसकेको छ ।

केहिदिन यता बाँकेमा दैनिक जसो कोरोना संक्रमित बिरामीको मृत्यु भईरहेको छ । संक्रमणको जोखिम टरिनसकेकाले स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्न चिकित्सकहरुले सुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार ११ संक्रमित थपिए, १४ डिस्चार्ज

६ भाद्र २०७८, आईतवार १६:०५
नेपालगञ्ज : बाँकेमा आइतवार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा ७२ नमुना परिक्षण गर्दा ११ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ६ र मेडिकल कलेज कोहलपुरमा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले […]