बर्दियामा एष्ट्राजेनेकाको पहिलो डोज लगाउन शुरु

सदरलाइन संवाददाता ४ भाद्र २०७८, शुक्रबार १६:२३
 

बर्दिया : बर्दियामा शुक्रवारदेखि कोरोना विरुद्धको एष्ट्राजेनेका खोपको पहिलो डोज लगाउन शुरु गरिएको छ । गुलरिया, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा, मधुवन, राजापुर नगरपालिका त्यस्तै बढैयाताल र गेरुवा गाउँपालिकामा एष्ट्राजेनेकाको खोप लगाउन शुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय बर्दियाका बरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीका अनुसार विश्वविद्यालयका विभिन्न तहको परीक्षामा सामेल हुने विद्यार्थी र १८ बर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीलाई एष्ट्राजेनेकाको खोप लगाउन सुरु गरिएको छ ।


प्रत्येक पालिकामा एउटा केन्द्र तोकेर शनिवारसम्म खोपको पहिलो डोज लगाइने उनको भनाइ छ । खोपको दोस्रो डोज भने ८ देखि १२ हप्तामा लगाइने पनि गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शनिवारदेखि लगातार तीन दिन सार्वजनिक बिदा

४ भाद्र २०७८, शुक्रबार १६:२३
नेपालगञ्ज : शनिवारदेखि लगातार तीन दिन सार्वजनिक बिदा हुने भएको छ । शनिबार, आइतबार रक्षाबन्धन र सोमबार गाइजात्रा भएकाले शुक्रवारबाट तीन दिन सार्वजनिक बिदा हुने भएको हो । सरकारले गाइजात्राको अवसरमा काठमाण्डौ उपत्यकामा मात्रै बिदा दिने भएतापनि यस वर्ष देशभर बिदा दिने निर्णय गरेको छ । मन्त्रि परिषद्को बिहीवार बसेको […]