२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

बाँकेमा बिहीवार ६० जनामा कोरोना पुष्टि



नेपालगञ्ज : बाँकेमा बिहीवार थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीनवटा प्रयोगशालामा २ सय ५९ नमुना परिक्षण गर्दा थप ६० जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५२, मेडिकल कलेज कोहलपुरमा ५ र बागेश्वरी प्रयोगशालामा ३ जना गरि थप ६० जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड ब्यबस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

बिहीवार संक्रमण पुष्टि भएका मध्य बाँकेका ३१ जना छन् । यो संगै बाँकेमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ६७ पुगेको छ ।

यस्तै बिहीवार १५ जना डिस्चार्ज भएका छ्न । यो संगै डिस्चार्ज हुनेको संख्या १७ हजार ४ सय ११ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या अहिले १७४ पुगेको ओलीले बताए । सिकिस्त बिरामीको संख्या २२ छ भने मध्यम बिरामी ३१ जना छन् । ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ भदौ ३ गते बिहीबार
ताजा समाचार