बैतडीमा कोरोना संक्रमित नभएका पालिकाका विद्यालय खुले

सदरलाइन संवाददाता ३१ श्रावण २०७८, आईतवार १४:२३
 

बैतडी : बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय सङ्क्रमित शून्य रहेका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरिरहेका हुन् ।

जिल्लाको मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ ।

यी दुवै स्थानीय तहमा हाल कोरोनाका सक्रिय सङ्क्रमित नरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।


कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द हुँदा बालबालिकामा नकारात्मक प्रभाव परेकाले विद्यालय पुनः सञ्चालन गर्ने निर्णय भएको गाउँपालिकाका उपाध्यक्ष कुष्मा चन्दले बताइ ।

कोभिडको सङ्क्रमण कम हुँदै गएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याउने निर्णय भएको हो । शिवनाथमा हाल कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरामा कृषि सम्बद्ध कार्यालयको कार्यक्रम सार्वजनिक

३१ श्रावण २०७८, आईतवार १४:२३
खजुरा (बाँके) : बाँकेको खजुरामा रहेका कृषि सम्बद्ध तीन वटा कार्यालयले चालू आर्थिक बर्षका स्विकृत कार्यक्रम सार्वजनिक गरेका छन् । कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र खजुराको सभाहलमा गरिएको बार्षिक कार्यक्रम तथा खर्च सार्वजनिकीकरण गोष्ठीमा कृषि व्यवसाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्र, माटो तथा मल परिक्षण प्रयोगशाला र बाली […]