बाँकेमा ४४ र बर्दियामा ३५ संक्रमित थपिए

सदरलाइन संवाददाता २६ श्रावण २०७८, मंगलवार १५:३२
 

नेपालगञ्ज : बाँकेमा मंगलवार थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका दुईवटा प्रयोगशालामा १७३ नमुना परीक्षण गर्दा थप ४४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा १३१ नमुना परीक्षण गर्दा ३७ र मेडिकल कलेज कोहलपुरमा ४२ जना ७ जनागरी ४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यसमा सबैभन्दा धेरै बर्दियाका छन ।

बर्दियाका ३५ जना, बाँकेका ७ जना र कैलालीका २ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए । बाँकेमा अव कोरोना संक्रमितको संख्या १७ हजार ७ सय ७३ पुगेको छ ।


मंगलवार ८ जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १७ हजार ३ सय १ पुगेको छ । जिल्लामा १६ जना सिकिस्त बिरामी छन् । १८ जना मध्यम बिरामी हुँदा ५ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको वलीले बताए ।

यस्तै बर्दियामा मंगलवार कोरोना भाइरसका ३५ जना संक्रमित थपिएका छन् । २ वर्षीया बालिकासहित ७९ वर्षीय जेष्ठ नागरिकसम्म संक्रमित भएका छन् । ठाकुरबाबा नगरपालिका–५ की २ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो ।

सबैभन्दा बढी ठाकुरबाबा नगरपालिकाका संक्रमित छन् । मंगलवार थप भएका मध्ये ३४ जना ठाकुरबाबा नगरपालिकाका हुन् भने एकजना बढैयाताल गाउँपालिकाका भएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । योसँगै बर्दियामा मंगलवारसम्म संक्रमितको संख्या ८ हजार ६० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

धामी घटना छानबिन समितिको म्याद सात दिन थपियो

२६ श्रावण २०७८, मंगलवार १५:३२
काठमाण्डौ : सरकारले दार्चुला घटनाको छानबिनका लागि गठित समितिको म्याद सात दिन थपेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकालीको तुइन काटिदिँदा खसेर बेपत्ता भएका जयसिंह धामीको खोजी र घटनाको यथार्थ छानबिन गर्न गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । शुरुमा पाँच दिनको समय […]