बर्दियामा निषेधाज्ञा लम्बियो

सदरलाइन संवाददाता २५ श्रावण २०७८, सोमबार १६:४१
 

नेपालगञ्ज : कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै बर्दियामा निषेधाज्ञालाई थपिएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरेर भदौ १० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको जानकारी दिइएको हो ।

भाइरस संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिए । उनले संक्रमण दर बढ्दै गएकाले स्वास्थ्य मापदण्डलाई पूर्णरुपमा पालना गर्न जिल्लाबासीलाई आव्हान समेत गरे ।

बर्दियामा आजसम्म संक्रमितको संख्या ८ हजार २६ पुगेको छ । आजमात्रै जिल्लामा १२ जना नयाँ संक्रमित थपिएका छन् । ७ हजार ६ सय २३ जना डिस्चार्ज भएका छन् ।


भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १२ पुगेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । उनका अनुसार, जिल्लामा १ सय ९१ सक्रिय संक्रमित छन् ।

दोस्रो लहरमा अहिले सबैभन्दा बढी ठाकुरद्धारा नगरपालिका प्रभावित छ । त्यहाँ ८२ सक्रिय संक्रमित छन् । दोस्रो लहरमा मात्रै ७ हजार २ सय ९४ जनाको एन्टिजेन परीक्षण र ३ हजार ८ सय १५ जनाको पीसीआर परीक्षण गरिएको प्रमुख गिरीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वपक्षीय छलफलपछि नाथनको कलेज निर्माणको बाटो खुल्यो

२५ श्रावण २०७८, सोमबार १६:४१
नेपालगञ्ज : नेपाल एकेडमी अफ, टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथन) को कलेज निर्माण कार्य अघि बढ्ने भएकोछ । कलेज निर्माणमा स्थानीयले अवरोध गरेपछि रोकिएको निर्माण कार्य सर्बदलिय, सर्वपक्षिय छलफलपछि समाधान हुँदा निर्माण कार्य अगाडि बढ्ने भएको हो । नेपालगञ्जको बसुदेवपुरमा नाथन कलेज निर्माणको प्रस्ताव गरिएको थियो । नेपालगन्ज उपमहानगर वडा […]