बाँकेमा कोरोनाको ग्राफ बढ्दै, शुक्रवार ४८ संक्रमित थपिए

सदरलाइन संवाददाता २२ श्रावण २०७८, शुक्रबार १४:२६
 

नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा २०७ नमुना परीक्षण गर्दा शुक्रवार ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

भेरीको प्रयोगशालामा १०९ नमुना परीक्षण गर्दा ३२, मेडिकल कलेज कोहलपुरमा ४९ नमुना परीक्षण गर्दा १० र बागेश्वरी प्रयोगशालामा पनि ४९ परीक्षण भएकोमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।


आज संक्रमण पुष्टि भएकामध्ये बाँकेका १३, बर्दियाका २३, दाङका ७ र ५ जना अन्य जिल्लाका भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ७ सय ६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाजुरामा निमोनियाका बिरामी बढे

२२ श्रावण २०७८, शुक्रबार १४:२६
बाजुरा : जिल्ला अस्पताल बाजुरा निमोनियाका बिरामीले भरिभराउ भएको छ । एक सातायता दैनिक १५ देखि ३० जनासम्म बालबालिका निमोनियाका बिरामी आउने गरेको अस्पतालका प्रमुख डा प्रकाश जोशीले बताए । निमोनिया जस्तो लक्षण देखापरेको बच्चाहरुको अक्सिजनको सहारामा उपचार भइरहेको जिल्ला अस्पताल बाजुराका डा जोशीको भनाइ छ । हाल अस्पतालमा १३ […]