बाँकेमा कोरोना संक्रमित बृद्धि हुँदै गएपछि न्यूनिकरणको लागि आवश्यक तयारी तीब्र पारिदै

सदरलाइन संवाददाता २१ श्रावण २०७८, बिहीबार १६:४८
 


नेपालगन्ज  : बाँकेमा पछिल्लो सातादेखि फेरि कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै गएपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर आवश्यक तयारीको बारेमा छलफल गरेको छ । सक्रिय संक्रमितको संख्या ३५ जनामा झरेको बाँकेमा साउनको दोस्रो सातादेखि पुनः क्रमिक रुपले बढ्दै बिहीबारसम्म सक्रिय संक्रमितको संख्या १ सय १६ जना पुगेको हो ।

भेरी अस्पतालमा साउन ५ गते १८ जना विरामी संख्या थियो । अहिले ४८ जनाको उपचार भइरहेको छ । बिहीबार मात्रै जिल्लामा ३१ जना संक्रमित थपिएका छन् । त्यस मध्येमा बाँके निवासी २३ जना रहेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेजबहादुर वलीले बाँकेमा उकालो लाग्दै गरेको कोरोना संक्रमणको ग्राफ अनुसार कोहलपुरका सबैभन्दा बढी संक्रमित रहेका छन् । बिहीबार मात्रै कोहलपुर नगरपालिकामा २१ जना थपिएको उनले बताए । यी मध्ये नेपालगञ्ज उपमहानगर र राप्तीसोनारी गाउँपालिकाका एक–एक जना रहेका छन् ।

उनले जिल्लाका तीन वटा प्रयोगशालामा बिहिबार १ सय ८८ जनाको परीक्षण गर्दा ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिए । बाँकेका अस्पतालहरुमा अहिले उपचारको क्रममा १५ जना सिकिस्त, ३३ जना मध्यम र ६ जना भेन्टिलेटरमा रहेका छन् ।


पछिल्लो दिनमा दैनिक नै कोरोना संक्रमित बढ्दै गएपछि प्रमुख जिल्ला अधिकारीको संयोजकमा हुने जिल्ला विपद व्यवस्थापन समितिको बैठक बसेर तत्काल र आगामी रणनीतिका बारेमा छलफल गरिएको छ ।

यसैबीच बाँकेका बाँकेमा कोरानाको ग्राफ बढ्दै गर्दा जिल्ला कोभिड–१९ संकट व्यवस्थापना समिति बाँकेको बैठक बसेर तयारीको बारेमा छलफल गर्नुको साथै गरिएको तयारीको बारेमा जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले संभावित तेस्रो लहरको लागि आवश्यक तयारी गरिनुको साथै हाल बृद्धि भएको संक्रमणको दर घटाउनको लागि विभिन्न निकायसंगको सहकार्यमा मास्क खोई अभियान, साथै सीमा क्षेत्रमा कडाई गर्दै जाँचको दायर बढाउनेसम्मको तयारी गरिएको जानकारी दिए ।

सो बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणा, कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जुकुमारी चौधरी, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारु, खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विक, भेरी अस्पतालमा मेसु डा. प्रकाश थापा, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह, जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठ, कोडिभ फोकलपर्सन तेजबहादुर वली, सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना, एन्टिजेन जाँच, कन्ट्याक्ट टे«सिङलगायतलाई तीब्र परिने विषयमा छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा कोरोनाको ग्राफ बढ्दै, शुक्रवार ४८ संक्रमित थपिए

२१ श्रावण २०७८, बिहीबार १६:४८
नेपालगञ्ज : बाँकेमा कोरोना संक्रमणको ग्राफ बढ्दै गएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा २०७ नमुना परीक्षण गर्दा शुक्रवार ४८ जनामा संक्रमण पुष्टि भएको छ । भेरीको प्रयोगशालामा १०९ नमुना परीक्षण गर्दा ३२, मेडिकल कलेज कोहलपुरमा ४९ नमुना परीक्षण गर्दा १० र बागेश्वरी प्रयोगशालामा पनि ४९ परीक्षण भएकोमा ६ जनामा […]