२०८३ कात्तिक ५ , बुधबार
Sadarline
२०८३ कात्तिक ५ , बुधबार

मंगलवार बाँकेमा १९ जनामा कोरोना पुष्टि, ४ डिस्चार्ज



नेपालगञ्ज : बाँकेमा मंगलवार थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १७२ नमुना परीक्षण गर्दा १९ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ७८ नमुना परीक्षण गर्दा १०, कोहलपुर मेडिकल कलेजमा ६० नमुना परीक्षण गर्दा ८ र बागेश्वरी प्रयोगशालामा ३४ नमुना परीक्षण गर्दा १ गरी थप १९ जनामा भाइरस संक्रमण देखिएको छ ।

तीमध्ये बाँकेका १५ जना छन् । योसँगै बाँकेमा भाइरस संक्रमितको संख्या १७ हजार ६ सय ६४ पुगेको छ । यस्तै मंगलवार थप ४ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ५३ पुगेको छ ।

बाँकेमा १४ सिकिस्त बिरामी छन् भने २५ जना मध्यम बिरामी छन् । ५ जनाको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन १९ गते मंगलबार
ताजा समाचार