‘एमालेमा माधव नेपाल जस्तालाई ठाँउ छैन’

सदरलाइन संवाददाता १६ श्रावण २०७८, शनिबार १८:१८
 

काठमाडौं  : एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरु जो आफ्नै पार्टीको बिरोधमा लागेका छन उनीहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

‘अब माधव नेपालजस्ता आन्दोलन विरोधीहरुलाई कुनै ठाउँ छैन, जसले वामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थीको सरकार बनाउने, दक्षिणपन्थीको सरकारलाई फ्लोर क्रस गरेर भोट हाल्ने’ उनले भने, ‘आफ्नो प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर ढाल्ने । त्यस्ताका लागि ठाउँ छैन ।’


पार्टीमा बाटो बिराउनेहरुका कारण ठूलो क्षति भएको भन्दै ओलीले ‘मुख्य मुख्य अपराधी’ बाहेक अरु भने पार्टीमा फर्किन सक्ने बताए । ‘अरु साथीहलाई मौका दिन्छौं । आउनुस् यो पार्टी हामी सबैले बनाएका हौं । गल्ती भइहाले पनि त्यसलाई सच्याउँछौं’ उनले भने ।

तर पार्टी एकताका नाममा धेरै कुर्न नसकिने अध्यक्ष ओलीले बताए । ‘धेरै चिन्ता गरिरहनुपर्ने छैन, जो आउँदैनन् आँदैनन्, केही साथीहरुसँग कुरा भइरहेको छ’ उनले भने । अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस वर्षको प्रेम प्रकाश मल्ल‘मधुकर’ स्मृति पुरस्कार निर्मोही र पौडेललाई

१६ श्रावण २०७८, शनिबार १८:१८
नेपालगञ्ज : यस वर्षको प्रेम प्रकाश मल्ल‘मधुकर’ स्मृति पुरस्कार तथा सम्मान कवि इन्द्रराज पौडेल र गायक तथा सङ्गीतकार कमल विके निर्मोहीलाई संयुक्तरुपमा प्रदान गरिएको छ । गीतकार, गायक, सङ्गीतकार, गजलकार, कवि तथा खण्डकाव्यकार स्व.प्रेम प्रकाश मल्ल ‘मधुकर’को ८६ औं जन्मजयन्तीको अवसरमा निर्मोही र पौडललाई संयुक्त रुपमा २५ हजार १ सय […]

सम्बन्धित