नेपालगञ्ज : बाँकेमा बुधवार थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १५९ नमुना परीक्षण गर्दा २४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरीमा ५७ नमुना परीक्षण गर्दा ११, मेडिकल कलेज कोहलपुरमा ७२ नमुना परीक्षण गर्दा ५ र बागेश्वरी प्रयोगशालामा ३० नमुना परीक्षण गर्दा ८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।
तीमध्ये चारजना बाँकेका हुन् भने अरु जिल्ला बाहिरका भएको पनि वलीले बताउनुभयो । बाँकेका चारैजना संक्रमित महिला हुन् । योसँगै जिल्लामा संक्रमितको संख्या १७ हजार ६ सय ४ जना पुगेको छ ।
यस्तै बुधवार थप ४ जना डिस्चार्ज भएका छन् । जिल्लामा डिस्चार्ज हुनेको संख्या १७ हजार २ सय ३८ पुगेको छ ।