नेपालगञ्ज : भाइरसबाट हुने सरुवा रोग हेपाटाइटिस विरुद्धको दिवस ‘हेपाटाइटिस पर्खिनुहुन्न’ भन्ने नारासहित बुधवार मनाइँदैछ । हरेक वर्ष जुलाई २८ तारिखमा हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ । कोरोना सङ्क्रमणसँगै हेपाटाइटिसको जोखिम पनि रहेकाले ध्यान दिन आह्वान गरिएको छ ।
अरु मौसम भन्दा बर्खामा यो रोग बढी देखा पर्छ । हेपाटाइटिसको भाइरस सङ्क्रमणका कारण कलेजो सुन्निने गर्छ । सामान्यतया, हेपाटाइटिस ए, बी, सी, डी र ई गरी पाँच प्रकारका हुन्छन् । त्यसमध्ये हेपाटाइटिस बी सबैभन्दा घातक मानिन्छ ।