काठमाडौं : नेपालमा कोभिड–१९ को डेल्टा प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ ।
पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम ‘एवाइवान’ राखिएको छ ।
मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीले जारी गरेको विज्ञप्तिमा जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको जनाएका छन् ।