दाङ्ग : उच्च अदालत बार एशोशियसन तुलसीपुर दाङ्गमा शनिबार सम्पन्न भएको निर्वाचनबाट पुष्करबहादुर भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
निर्वाचन अधिकृत मोहनप्रसाद धितालले दिएको जानकारी अनुसार उच्च अदालत बार एशोशियसन तुलसीपुर दाङ्गको नव निर्वाचित उपाध्यक्षमा सुनिल धिताल, सचिवमा मधुसूदन गौतम, कोषाध्यक्षमा प्रकाश रेग्मी निर्विरोध निर्वाचित भएका हुन ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा विष्णुमणि धिताल, प्रविण लम्साल, विनु श्रेष्ठ, गोकर्ण खत्री, श्रीराम चौधरी र भागवत रेग्मी निर्वाचित भएका छन् । भने पार्षदमा शालिकराम रेग्मी, अरुणकुमार आचार्य र भुवनेश्वर शर्मा चयन भएको निर्वाचन अधिकृत धितालले जनाएका छन् ।