बाँकेमा २ जनामा कोरोना पुष्टि, ९ जना डिस्चार्ज

सदरलाइन संवाददाता ७ श्रावण २०७८, बिहीबार १५:२६
 

नेपालगञ्ज : बाँकेमा पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा १२१ नमुना परीक्षण गर्दा दुई जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालमा ५६ नमुना परीक्षण गर्दा दुईजनामा पोजेटिभ देखिएको थियो । संक्रमण पुष्टि भएका दुवै जना बाँकेका हुन् । मेडिकल कलेज कोहलपुर र बागेश्वरी प्रयोगशालामा ६५ नमुना परीक्षण गर्दा सबै नेगेटिभ रिपोर्ट आएको छ ।


पछिल्लो २४ घण्टामा ९ जना डिस्चार्ज भएका छन् । अव बाँकेमा सक्रिय संक्रमितको संख्या ४६ पुगेको छ । तीन जनाको भेरी अस्पतालको कोभिड वार्डमा उपचार भइरहेको छ भने ४३ जना होमआइसोलेसनमा बसेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बकर इद आज पनि जारी

७ श्रावण २०७८, बिहीबार १५:२६
नेपालगञ्ज : इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) को दोस्रो दिन पनि विषेश गरी मनाउदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो । बकर ईद आर्थात कुर्वानीको पर्वको रुपमा मनाईने यो पर्वको दोस्रो दिन पनि कुर्वानीको कार्यक्रम जारी छ । रमजान सकिएको ७० […]